कोहलपुर \कोहलपुरको व्यापारिक विकासलाई नयाँ उचाइमा पु¥याउन लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उमेद्वारहरु यति बेला प्रचार प्रसारमा होमिएका छन् ।
पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, रोजगारी सृजना र व्यवसायीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने भन्दैे कोहलपुरलाई एक आधुनिक र प्रतिस्पर्धी व्यापारिक केन्द्र बनाउने लक्ष्य सहित ब्यापक रुपमा लोकतान्त्रिक समावेशी समूहका उमेद्वारहरुले मतदाता भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।
निर्वाचनको मिति नजिकिए सँगै मतदाताहरु भेटघाट गर्न लोकतान्त्रिक समावेशी समूहले घरदैलो तथा प्रचार प्रसार कार्यक्रमलाई तीब्रता दिएको छ । शनिवार विहान र अपरान्ह गरी समूहले कोहलपुर नगरपालिका वडा नं ११ अन्र्तगत एनटिभि रोड, दशबिगाह, पुरानो बसपार्कमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदीप भट्टराईको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको एशोसियट सदस्यतर्फ राजेन्द्र प्रसाद रिजाल, खुल्ला सदस्यतर्फ अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी सहित ममता थापा र सिता योगी अधिकारी महिला सदस्यतर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।