कोहलपुर,बाँके:माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार घोषणा गरेका थिए, आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने छ।’
माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाटमा उनले भनेका थिए, ‘विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुग्यो। अब देशव्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको छ, त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने छ।’
आगामी मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन हुँदैछ, यो उपनिर्वाचनमा गठबन्धन गर्नका लागि उनलाई ठूला दल, कांग्रेस र एमाले मात्र होइन रास्वपाको पनि साथ हुने छैन।
तर, बोलीको भर नभएका तिनै प्रचण्डले चार दिनमै बोली फेरेका छन्। माओवादीले कांग्रेस एमालेबाहेक अन्य दलसँग गठबन्धन गर्ने विकल्प खुला राखेको छ। माओवादीले सोमबार मात्र प्रदेश समितिलाई ‘विशेष परित्रपत्र गरेको छ। स्थानीय तहको उपनिर्वाचनमा आवश्यकताका आधारमा सत्तारुढ कांग्रेस एमालेबाहेक वाम–देशभक्त दलहरूसँग सहकार्यका लागि पहल गर्न निर्देशन दिइएको छ। माओवादीले गठबन्धन गर्न खोजेका दलमा एकीकृत समाजवादी, नेकपा, जसपा लगायत हुन्। तर, पछिल्लो पटक माओवादी र रास्वपाको बोली पनि मिल्न थालेको छ। त्यही भएर उपनिर्वाचनमा माओवादीले रास्वपासँग पनि गठबन्धन गर्ने सम्भावना छ।
नेकपमा नेत्रविक्रम चन्दले नेतृत्व पार्टी हो। यो दलले पनि उपनिर्वाचनदेखि चुनावमा भाग लिने निर्णय गरेको छ। रास्वपा पहिलो पटक स्थानीय तहमा चुनाव लड्दैछ। यसअघि ०७९ को स्थानीय तहको निर्वाचन हुँदा रास्वपाको जन्म भएको थिएन। बालेन शाह, हर्क साङपाङ र गोपाल हमाल स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएपछि रवि लामिछानेले मिडिया छाडेर पार्टी खोलेका थिए। अहिलेको अवस्था हेर्दा उपनिर्वाचनमा माओवादीसँग रास्वपाको सहकार्य हुनसक्छ। त्यही भएर माओदीले रास्वपासँग सहकार्य गर्ने वा नगर्ने जिम्मा पनि स्थानीय पार्टी समितिलाई दिएको छ। यदपि, माओवादीले प्रतिपक्षमा रहेका दलहरुसँग सहकार्य गर्ने नीतिगत निर्णय लिएको छ।
गत संघ, प्रदेश र स्थानीय निर्वाचनमा माओवादीले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतसँग गठबन्धन गरेको थियो । गत आम निर्वाचनमा माओवादीले भरतपुर महानगरपालिकासहित १२० पालिको प्रमुख जितेको थियो ।०७९ मा भएको स्थानीय तहको निर्वाचन भएपछि स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा निर्वाचन गर्ने कार्यतालिका छ।
पार्टी अध्यक्षले गठबन्धन नगर्ने भनेर बोलेको तीन दिनमै पार्टीले सुर्कलर गर्नुले प्रष्ट देखाउछ, प्रचण्ड बोलीको ठेगान नभएका नेता हुन्। बोलीकै ठेगान नभएकाले होला उनलाई खेलकुदमा विभिन्न नामले चिनिन्छ। कसैले उनलाई कलाकार भन्छन् । फिल्म क्षेत्रमा हुँदा अधिकांश फिल्ममा खलनायकको भूमिका निर्वाह गरेकाले उनलाई केही खेलकुदका खलनायक भन्न रुचाउँछन्। शक्ति क्षयीकरण हुँदा माओवादी पार्टीको एकल बलमा आफै चुनाव लड्न सक्ने स्थितिमा छैन।