६ बैशाख २०८२, शनिबार

चुनावमा जित सुनिश्चित गर्न दवाफमा धिताल

आम मतदाताहरुमाझ विश्वास दिलाउन पनि महिला नेतृत्वले जित्नैपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: आसन्न कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको प्रगतिशिल व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार अन्जना धिताललाई यसपालिको चुनाव जित्नै पर्ने दवाफ सिर्जना भएको छ । सक्षम व्यक्तिहरुले मात्र नेतृत्व लिन सक्छन भन्ने वजार हल्ला चलेपछि चुनाव जित्ने दवाफमा धिताल परेकि छिन । महिलाहरु पनि नेतृत्वदायि भुमिका निर्वाह गर्ने सक्षम, सवल, र प्रगतिका धोतक हुन भन्ने कुरा विर्सिएर महिलाहरु घुमाउरो पारामा असक्षम हुन्छन नेतृत्व गर्न सक्दैनन भन्ने भावका तरंगहरु वजारभरि तरंगित भएपछि आम मतदाताहरुमाझ विश्वास दिलाउन पनि महिला नेतृत्वले जित्नैपर्ने भएको छ अध्यक्ष धितालले भनिन ।

चाडवाडको मुखैमा घरभरि आउने छोरी चेलीहरुलाई स्वागत सत्कार गर्नुपर्ने समयमा एक जिम्मेवार नेतृत्वको हिसावले रातदिन नभनि चुनावी मोर्चामा खटिएकी अध्यक्ष् धिताललाई कम्जोर नआँक्न भन्दै चुनाव प्रचार प्रसार समितीले समेत आफनो चुनावी प्रचारात्मक शैलिलाई थप अक्रामक वनाउदै लगेको छ । विभिन्न समुह वनाई गरिने प्रचार र एक मात्र समुह वनाई गरिने प्रचारशैलिलाई तोडदै प्रचार प्रसार समितीले उम्मेदवार र उनीहरुका प्रतिनिधिहरुलाई जतिवेला जहाँ पनि खटाउने रणनिती अख्तियार गरेको छ । प्रचार प्रसार समितिले कतिवेला कहाँ खटाउँछ त्यहा जान पर्ने भएकाले हामी समय काल परिस्थिती नहेरी स्टेनवाई वस्ने गरेका छौं वरिष्ठ उपाध्यक्षका उम्मेदवार भुपेन्द्र प्रसाद काफलले वताए ।

प्रचार प्रसारका क्रममा मतदाताहरुको हामी प्रतिको विश्वासले थप उर्जा पैदा थपेको छ, हामी जित नजिक छौं, भन्दै उद्योगतर्फका उपाध्यक्ष अर्जुन प्रसाद सुवेदीले विगतको वाणिज्य संघमा संगालेको अनुभव र भावि दिनमा वाणिज्य संघमा गर्ने कामको फेरिहिस्त सहित मतदातामाझ आफुहरु पुगेको वताएका छन ।

हामीसंग व्यापारी, व्यवसायीहरुका आधारभुत अधिकार सहितको कार्ययोजना तयार छ त्यहि कार्ययोजनाकासाथ मतदाताहरुसंग गएको छौं मतदाताहरुको अगाध माया साथ र सर्मथनले थप उत्साह थपेको छ भन्दै उपमहासचिव पदका उम्मेदवार गोपाल प्रसाद अधिकारीले प्रगतिशिल व्यवसायी समुहका उम्मेदवारहरुप्रति आर्कषण वढदै गएको जिकिर गरेका छन । प्रगतिशिल व्यवसायी समुहले आज वुधवार पनि आफनो चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको छ । विहानै सात वजेदेखि फिल्डमा खटाईएको भन्दै प्रचार प्रसार समितीका संयोजक कुस्माखर वस्यालले मतदाता केन्द्रित भेटघाट र अन्तरक्रियालाई तिव्रता दिएको जनाएका छन ।

  • २३ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech