६ कार्तिक २०८१, मंगलवार

कोहलपुर वालविद्याचोकमा वसले मोटरसाईकल ठक्कर दिंदा २ जना घाईते, एक गम्भिर
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर स्थित कोहलपुर नेपालगञ्जरोडमा भएको दुर्घटनामा परि दुई जना घाईते भएका छन । काठमाण्डौवाट नेपालगञ्जकालागि छुटेको भे.१ख. ३७०९ नम्वरको वसले भे. १३ प ६१४० नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा खजुरा गाउँपालिका वडा नं २ वस्ने बर्ष २२ का तेज विक्रम मल्ल र सोहि वाईकमा सवार उनकी धर्म पत्नि मनिषा रोकाय घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मल्ल्को टाउकोमा चोट लागेको र उनकी पत्निलाई गम्भिर चोट लागेको  लागेको वताईएको छ । दुवै जना घाईतेलाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुर्याईएको घटनास्थलवाट लक्ष्मण पाण्डेले न्युज मानसरोवरलाई जानकारी दिएका छन ।   गम्भिर घाईते रोकायलाई लखनउ लैजाने तयारी रहेको घाईतेका आफन्तले न्युज मानसरोवरलाई वताएका छन । शिक्षण अस्पतालवाट रोकायलाई रिफर गरि नर्सिङ होम पुरयाएको भएपनि अवस्था गम्भिर रहेकाले उनलाई लखनउ लैजान लागिएको हो ।

तिव्र गतिमा वस गुडिरहेको र जेव्रा क्रस नजिकै सो दुर्घटना भएकाले वाईकमा सवार मल्लले वाटो काट्दै गर्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्राराम्भिक अनुमान गरेको छ । भे १ख ३७०९ नम्वरका चालक यो समाचार तयार पार्दासम्म फरार रहेको बुझिएको छ भने फरार चालकको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

  • २३ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech