कोहलपुर,बाँके: बाँकेको कोहलपुर स्थित कोहलपुर नेपालगञ्जरोडमा भएको दुर्घटनामा परि सख्त घाईते भएकी मनिषा रोकाको निधन भएको उनको पारीवारीक स्रोतले वताएको छ। भारतको लखनउ स्थित देभिना हस्पिटलमा उपचारको क्रममा रोकायको निधन भएको हो।
असोज २३ गते काठमाण्डौवाट नेपालगञ्जकालागि छुटेको भे.१ख. ३७०९ नम्वरको वसले भे. १३ प ६१४० नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा खजुरा गाउँपालिका वडा नं २ वस्ने बर्ष २२ का तेज विक्रम मल्ल र सोहि वाईकमा सवार उनकी धर्म पत्नि मनिषा रोका सख्त घाईते भएका थिए ।
मल्ल्को टाउकोमा चोट लागेको र उनकी पत्निलाई गम्भिर चोट लागेको लागेको थियो । २१ बर्षिय रोका कौसिल्या अस्पताल प्रा.लि. कोहलपुरमा फार्मेसी असिस्टेन्टको रुपमा कार्यारत थिईन । अर्का घाईते मल्लको भने लखनउमा उपचार भईरहेको वताईएको छ ।
कोहलपुर वालविद्याचोकमा वसले मोटरसाईकल ठक्कर दिंदा २ जना घाईते, एक गम्भिर