६ कार्तिक २०८१, मंगलवार

कोहलपुर ८ पिपिरिमा भेटियो टाउको नभएको शव

सिसिटिभि क्यामेराको दृष्यमा रातको समयमा एकजना युवक पोलेथिनमा के वोकेका थिए ?

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरमा टाउको नभएको शव फेला परेको छ । वडा दशैंको दिन शनिवार राति कोहलपुर नगरपालिका ८ पिपिरिचोकदेखि दुई किलोमिटर पुर्व शितलनगरमा स्थानिय ४० बर्षिय चन्द्र वहादुर कामिको टाउको नभएको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

शवको सनाखत पश्चात पोष्टमार्टमकालागि नेपालगञ्ज पठाईएको भन्दै ईप्रका कोहलपुरले मृतकको शवको पहिचान उनकै वुवाले गरेका हुन । घाँटि रेटेर टाउको गायव पारेको हत्याराको ईप्रका कोहलपुरले खोजिकार्यमा तिव्रता दिएको छ । चन्द्र वहादुरको घरदेखि करिव ५ सय मिटर टाढा टाउको काटिएको अवस्थामा उनको शव फेला परेपछि यतिवेला प्रहरीले केनाईन शाखावाट तालिम प्राप्त कुकुरहरु झिकाई अनुसन्धानलाई अगाडि वढाएको जनाएको छ ।

हत्या गरिएका चन्द वहादुरको टाउको र हत्यामा संलग्नको खोजिकार्यमा प्रहरीले सुक्ष्म तरिकाले लागिरहेको र अपराधि लुक्न सक्ने संभावित स्थानहरुमा प्रहरी परिचालन गरिएको ईप्रका कोहलपुरका एक प्रहरी अधिकृतले न्युज मानसरोवरलाई वताएका छन ।

घटना स्थलवाट केहि पुर्वमा रहेको सरस्वतीचोकमा रहेको सिसिटिभि क्यामेरामा रातको समयमा एक युवकले पोलेथिनको झोलामा केहि वस्तु राखेर लैजाँदै गरेको दृष्य देखिएकाले सिसिटिभि फुटेजको समेत गहण अध्यन भईरहेको प्रहरीको भनाई रहेको छ । सवैजनाले दशै मनाएर रमाईलो गरिरहेको वेला घटना घटनुले रातको १२ वजेपछि यो अपराधिक घटना घटेको प्रहरीले अनुमान गरेको छ ।

  • २७ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech