८ मंसिर २०८१, शनिबार

बाँकेमा शान्तिपुर्वक दुर्गा भवानीको मूर्ति विसर्जन

दुर्गाको मूर्तिलाई भक्तजनले राप्ति र कर्णाली नदि पुरयाएर भब्य रुपमा विर्सजन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:जिल्लाको विभिन्न स्थानमा निकालिएका दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको छ । घटस्थापनाका दिन प्रतिष्ठापन गरिएका देवीको मूर्तिलाई बाजागाजासहित गाउँ शहर परिरक्रमा गराएर स्थानीय नदीहरुमा शान्तिपुर्वक विसर्जन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले वताएका छन ।

जिल्लाका ८ पालिका अन्तर्गत विभिन्न चोक बजार गाउँमा दसैँको अवसरमा मुर्ति प्रतिष्ठापन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मुर्तिहरुको विशेष हवन गरिएको थियो ।

जिल्लाको विभिन्न स्थानमा करिव ६ देखि ७ सय संख्यामा दुर्गा भवानीको मुर्ति बनाई राखिएको थियो । १५ हजारदेखि ५० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थापनाका दिन र अधिकांशले सप्तमीका दिन पूजापाठ गरी मूर्ति निकालेका थिए ।

दुर्गाको मूर्तिलाई भक्तजनले राप्ति नदीको सिधनियाघाट,अगैया, मानखोला र कर्णाली नदिसम्म पुरयाएर भब्य रुपमा विर्सजन गरिएको हो । नवरात्रमा दुर्गा भगवतीको व्रत बसी पूजापाठ गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक बिश्वास रहिआएको छ ।

प्रजिअ खगेन्द्र प्रसाद रिजालका अनुसार नेपालगञ्ज क्षेत्रका मूर्तिहरु आईतवार नेपालगञ्ज पराक्रम गराई राप्ति नदिको सिधनियाघाटमा सेलाइएको बताए । मूर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत लागेको थियो ।

सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्लामा ७ सय प्रहरी परिचालन गरिएको थियो भने रयालिलाई ड्रोन क्यामेरावाट निगरानि गरिएको बाँकेका प्रहरी प्रमुख तुल वहादुर कार्किले वताए । समग्र जिल्ला भरि शान्तिपुर्वक दुर्गादेवीका मुर्ति विर्सजन  गरिएको भन्दै प्रहरी प्रमुख कार्किले विसर्जनका क्रममा कहीँ अप्रिय घटना नभएको बताए ।

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech