बाँके\ईलाका प्रहरी कार्यालय कोहलपुरले बलात्कारको आरोपमा ५ जना आज नियन्त्रण गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा न. १ चिसापानीका जीवन रोकाया , निशान रोकाया ,निर्मल थापा ,विजय कार्की ,डम्बर रोकायालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका ५ जनाले बाँके राप्तीसोनारी गाउँपालिका निवासी वर्ष १५ कि नाम परिवर्तन (अवगति) लाई कोहलपुर ११ स्थित एक होटलमा बलात्कार गरेको पिडित नाम परिवर्तन (अवगति)को निवेदन पश्चात आरोपित ५ जनालाई प्रहरीले नियन्त्रणमा प्रहरीले जनाएको छ ।