६ कार्तिक २०८१, मंगलवार

व्यवसायीहरूको हितमा काम गर्छुःभट्टराई
  • न्युज मानसराेवर

कोहलपुर \निर्वाचन जित्नु मात्र होइन, व्यवसायीहरूको वास्तविक चासो र आवश्यकता बुझ्नु आफ्नो एजेण्डा भएको होटल पप लाईफका संञ्चालक प्रदिप भट्टराईले बताएका छन् ।

आगामी कार्तिक ३ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायी समुह तर्फका अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले मतदाता शिक्षा अभियानका क्रममा उनले यस्तो बताएका हुन् ।भट्टराईले व्यवसायीहरूको हितमा काम गर्न बाणिज्य संघमा आफ्नो प्यानललाई विजयी गराउन अपिल समेत गरेका छन।

आगामी कार्तिक ३ गतेको निर्वाचनमा व्यवसायीहरूको एकता र जागरूकता आवश्यक रहेको समेत उनले जोड दिए ।भट्टराईको नेतृत्वमा रहेको लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियानमा केन्द्रित रहेका छन। जसले व्यवसायीहरूको वास्तविक समस्याहरूको समाधानमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेको छ । लोकतान्त्रिक व्यवसायी समुहले आज कोहलपुर वडा नं.११ मा बढी केन्द्रित रहेर मतदाता शिक्षा कार्यक्रमलाई विशेष अभियान चलाएको थियो ।

 

 

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech