६ कार्तिक २०८१, मंगलवार

काेहलपुरका व्यवसायीकाे चाहना “इमानदार नेतृत्व”
  • न्युज मानसराेवर

आसन्न काेहलपुर उद्योग वाणिज्य संघकाे निर्वाचनमा आगामी कार्तिक ३ गते हुदैछ। अहिले दुई समुहहरु प्यानल बनाएर मतदाता भेटघाटमा व्यस्त छन। दुबै समुहले आआफ्नाे प्यानल विजयी हुने दावी गरेका छन। लकडाउनपछि व्यवसायीहरु समस्यामा परेकाे बेला वाणिज्य संघले भने व्यवसायीलाई खासै वास्ता नगरेकाे व्यवसायीकाे गुनासाे छ । “पटक पटक जितायाै तर जितेपछि फर्केर हेरेनन” – व्यवसयी याेग प्रसाद शर्माले भने। काेहलपुरका व्यवसायी भन्छन,” यसपटक नयाँ नेतृत्वलाई जिताउने हाे।”

पटक पटक जिम्मेवारी पदमा बसेर पनि प्रभावकारी काम गर्न नसक्ने उमेदवारलाई नेतृत्वमा ल्याउदा झन ठुलाे समस्या पर्नसक्ने व्यवसायीकाे बुझाई छ। काेहलपुर १० का व्यवसायी कमला पाण्डे भन्छिन,” यसपटक नयाँ नेतृत्वलाई जिताएर हेर्ने हाे।” व्यापार मेला लगाउने मात्रै उद्योग बाणिज्य संघकाे काम नभई व्यवसायीकाे पक्षमा इमानदारी पुर्वक लाग्ने उमेदवार छनाेट गर्नुपर्नेमा धेरै मतदाता सहमत देखिन्छन् ।

प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप-महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह-कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन्।

सदस्यहरूमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के.सी., प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन्।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech