६ कार्तिक २०८१, मंगलवार

सिधनिया घाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुँदै
  • न्युज मानसराेवर

नेपालगञ्ज : बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुँदैछ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो ।

धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती गर्दै आएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजले बताए । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाको दिनदेखि शुरु भएको महाआरती नियमित रुपमा गरिएको छ ।

महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिदै आइएको छ । आज असोज शरद पुर्णिमाका आज साँझ साढे पाँच बजे महाआरती गर्न लागिएको महाआरती समितिका सुर्यलाल यादवले बताए । नेपालगञ्ज बाँके गाउँस्थित जानकी निरौला (माता जी)को विशेष सहकार्यमा महाआरती हुन लागेको छ ।

राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।  आज हुन लागेको महाआरतीमा सहभागिताका लागि सबैलाई आवहान गरिएको छ ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech