२ कार्तिक २०८१, शुक्रबार

पूर्व अध्यक्ष थापाको आग्रहः अन्जना धिताललाई विजयी गराउँ
  • न्युज मानसराेवर

कोहलपुर\ आगामी कात्तिक ३ गते हुने उद्योग बाणिज्य संघको निर्वाचनको प्रचार प्रसासको अन्तिम दिन आज प्रगतिशिल व्यवसायीक समुहले पत्रकार सम्मेलन मार्फत आम मतदाताहरुलाई मतदानमा सहभागिता जनाउन अपिल गरेको छ ।

प्रेस चौतारी कोहलपुरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उद्योग बाणिज्य संघ कोहलपुरका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले महिला उम्मेदवार अन्जना धिताल प्यानललाई विजयी गराउन अपिल गरे ।  थापाले उद्योग बाणिज्य संघको नेतृत्व सक्षम महिला उम्मेदवार अन्जना रहेको दावि समेत गरे ।

उनले नेपालमा नै उद्योगी ब्यापारीहरुको क्षेत्रमा महिला उम्मेदवार भएको बताउदै अब कोहलपुर बाट महिला नेतृत्वमा कोहलपुर उद्योग बाणिज्य संघको परिचय दिन आवश्यक रहेको समेत बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष कूल बहादुर भट्राईले आम कोहलपुरका व्यापारी नागरिक समाजलाई धन्यवाद दिए । उनले प्रचार अविधिकाम सबैको साथ प्रगतिशिल व्यवसायी समुहले पाएको बताउदै अब निर्वाचनमा सबै मतदातालाई मतदान गरिदिन समेत आग्रह गरेका थिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै प्रगतिशिल व्यवसायी समुहका अध्यक्ष उम्मेदवार अन्जना धितालले ब्यवसायीका समस्था समाधान गर्न आफु प्रतिवद्ध रहेको औल्याइन । उनले २५ वर्षको कोहलपुरको उद्योग बाणिज्य संघको नेतृत्वमा पुगेका अध्यक्ष तथा उम्मेदवार पुरुष मात्र रहेको बताउदै भावि दिनहरुका निम्ति समेत आफ्नो विजयी हुन आवश्यक रहेको बताईन ।

उनले भावि दिनहरुमा युवा महिला उम्मेदवाहरुले विभिन्न निकायमा महिला नेतृत्व स्थापित हुने विश्वास समेत व्यक्त गरेकी थिईन। कार्यक्रममा प्रेस चौतारी जिल्ला उपाध्क्ष विनोद भट्राईले स्वागत गरेका थिए ।

पत्रकार सम्मेलनमा कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द शर्मा , नेपाल पत्रकार महासंघ बाँकेका कार्यवाह अध्यक्ष संगिन शर्मा प्रेस चौतारी अनुशासन आयोगका केन्द्रिय सदस्य विष्णु वेलबासे केन्द्रिय सदस्य हेमन्त विक लगाएतको सहभागिता रहेको थियो ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech