६ कार्तिक २०८१, मंगलवार

कोहलपुर उद्योग वाणिज्य संघको मतदान चल्दै, १४२१ मत खस्यो (अपडेट)

लोकतान्त्रीक व्यवसायी समुह र प्रगतिशील समुहको बीच कडा प्रतिस्प्रर्धा हुँने आँकलन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि जारि मतदानमा यो समाचार तयार पार्दा सम्म १४२१ मत खसेको वताईएको छ । जसमा यसोसियट्स  समेत समावेश गरिएको छ । यो कुल मतको ८४.२८  प्रतिशत मत हो ।  विहान ८ बजेदेखि शुरु भएको मतदान कार्यक्रम अपरान्ह ४ बजेसम्म कोहलपुर उद्योग बाणिज्य संघ परिसरमा चल्ने निर्वाचन समितिका सदस्य शारदा प्रसाद कोईरालले न्युज मानसरोवरलाई जनाएका छन । नयाँ नेतृत्व छनौटका लागि १ हजार ६८६ जनाले मतदान गर्नेछन् ।

कोहलपुरको उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराई र प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालबीच कडा प्रतिस्प्रर्धा हुँदैछ । यसपटकको निर्वाचन रोचक र प्रतिस्प्रर्धी रहेको मतदान स्थलमा आएका मतदाताहरुले प्रतिक्रिया व्यक्त गरेका छन ।

प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टङ्क खनालको उम्मेदवारी रहेकोछ ।

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाटको उम्मेदवारी रहँदा एसोसिएटतर्फ दिपेश खनाल चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा छन् ।

यस्तै सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी चुनावी मैदानमा छन् । भने एसोसियटतर्फ राजेन्द्र रिजालको उम्मेदवारी छ ।लोकतान्त्रिक प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको छ ।

 

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech