१२ असार २०८२, बिहीबार

८८.६७ प्रतिशत मत खसेसंगै कोहलपुर उद्योग वाणिज्य संघको मतदान सकियो

मतदान स्थलमा देखिएका र दुवै समुहमा नलागेका मतदाताहरुले व्यापक रुपमा क्रस भोट भएको उल्लेख गरे

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज शनिवार तोकिएको मतदान कार्यक्रम सकिएको छ । कुल १६८६ मतदाता रहेको कोहलपुर उद्योग वाणिज्य संघको मतदानमा ८८.६७ प्रतिशत मतदाताले सहभागिता जनाएको निर्वाचण समितिले जनाएको छ । जम्मा १४९५  मत खसेकोमा एसोसियट्सतर्फ भने ५५ मत खसेको छ । विहान ८ बजेदेखि शुरु भएको मतदान कार्यक्रम अपरान्ह ४ बजेसम्म जारी रहेर सकिएको निर्वाचन मण्डलका सदस्य शारदा प्रसाद कोईरालाले वताएका छन।

कोहलपुरको उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशील व्यवसायीक समुहको नेतृत्व अञ्जना धिताल र लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराईले गरेका छन । खसेको मतका आधारमा दुवै समुहविच कडा प्रतिस्प्रर्धा हुने आँकलन निर्वाचन स्थलमा रहेका मतदाताहरुले आँकलन गर्न थालेका छन । धिताल र भट्टराई समुहविचको यसपटकको निर्वाचन रोचक र निकै प्रर्तिस्पधात्मक रहने मतदान स्थलमा आएका मतदाताहरुले प्रतिक्रिया व्यक्त गरेका छन ।

प्रगतिशील व्यवसायीक समुहको अध्यक्षमा अञ्जना धितालको नेतृत्व रहेको छ भने बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टङ्क खनालको उम्मेदवारी रहेको छ ।

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाटको उम्मेदवारी रहँदा एसोसिएटतर्फ दिपेश खनाल चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा छन् ।

यस्तै सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी चुनावी मैदानमा छन् । भने एसोसियटतर्फ राजेन्द्र रिजालको उम्मेदवारी छ ।लोकतान्त्रिक प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टि र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । प्रगतिशील व्यवसायीक समुहलाई नेकपा एमाले र नेकपा  (माओवादी केन्द्र) ले सर्मथन गरेको छ ।

कोहलपुरमा कलकारखाना खोल्ने, ल्याउनेदेखि दिगो व्यवसायीक कार्ययोजना पेश गर्न नसकेको दुवै समुहको लडाई जुङ्गाको लडाई भएको टिप्पणाी गर्दै मतदान स्थलमा देखिएको र दुवै समुहमा नलागेका मतदाताहरुले व्यापक रुपमा क्रस भोट भएको उल्लेख गरेका छन ।

उनीहरुले स्थानिय सरकारसंग वसेर करका दायरा हेरफेर गर्नेदेखि व्यवसायीक सहजताकालागि के के गर्न सकिन्छ भन्ने समेत एजेण्डा बोक्न नसकेको भन्दै ब्यापारी व्यवसायी भन्दापनि राजनैतिक रुपले कोहलपु उद्योग वाणिज्य संघ गएको टिप्पणि गरेका छन । निर्वाचनको पुर्व सञ्ध्यामा विभिन्न पार्टिहरुको प्रतिवद्धता र एक्केवद्धता आउनुले पनि कोहलपुरमा हरेक क्षेत्रमा दलहरुले हस्तक्षपकारी भुमिका खेल्ने गरेको प्रष्ट भएको भुक्तभोगिहरुको तितो अनुभव रहेको छ ।

 

 

 

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech