७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्रीले आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन् । बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट साढे २ बजे आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा ओलीले १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गनेछन् । ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech