बाँके\लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपाल नेपालीले बनाउनु पर्ने धारणा राखेका छन।
कोहलपुर उद्योग बाणिज्य संघका निर्वाचित पदाधिकारीहरुको पदबहाली कार्यक्रममा धारणा राख्दै मन्त्री न्यौपानेले सबै क्षेत्रका आम नागरिकहरुले देश बनाउने संकल्प लिन आवश्यक रहेको बताए ।
मन्त्री न्यौपानेले देशको विकासका निम्ति पर्यटन उद्योग तथा कृषि क्षेत्र एक अर्काका सहयोगि भएको बताउँदै त्यसका निम्ति सबै क्षेत्रका नागरिक राजनितिक दल नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले प्रदेश सरकार तथा स्थानीय सरकार विचको सहकार्य तथा समन्वयमा ठुला आयोजनाहरुमा मात्र प्रदेश सरकारले बजेट विनियोजन गर्ने नीति लिएको बताउदै अब ठुला आयोजना जस्ले भविष्यमा अर्थपूर्ण योगदान गर्न सक्ने आयोजनाहरुमा मात्र बजेट तथा योजना निमार्ण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन ।
मन्त्री न्यौपानेले संघियताको मर्ममा केन्द्रिय सरकारले समेत प्रदेश सरकारलाई अधिकार प्रदान नगरेको बताउँदै अब छिटै प्रदेशका अधिकार प्रदेशमा निहित गर्न आवश्यक रहेको उल्लेख गरका छन।
कार्यक्रममा कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य , उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष राजनितिक दलका प्रतिनिधि जिल्ला समन्वय समिति उप प्रमुख नगरपालिका उप प्रमुख राजनितिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको थियो । कात्तिक ३ गते भएको निर्वाचनमा विजयी उम्मेदवारहरुको सफत ग्रहण प्रमुख निर्वाचन आयुक्त लोकबहादुर शाहले गराएका थिए ।