९ मंसिर २०८१, आईतवार

भेरी अस्पतालमा एक हजार नौ सय जनाको एचआईभी पहिचान
  • न्युज मानसराेवर

नेपालगञ्ज : सन् २००४ मा भेरी अस्पतालमा स्थापना भएको एआरटी युनिटले अहिलेसम्म एक हजार नौ सय जनाको रोग पहिचान गरेको छ भने दुई लाख भन्दा  बढीको एचआइभी परीक्षण गरेको छ।

भेरी अस्पतालका एचआइभी फोकल पर्सन तथा सूचना अधिकारी डा. संकेतकुमार रिसालले एचआइभी संक्रमितको पहिचान र उपचारका लागि एआरटी सेवा निकै प्रभावकारी देखिएको बताए।  डा. रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित आमाबुवाबाट जन्मेका सन्तानमा ’पोजिटिभ’ देखिएको छैन, जुन सबैभन्दा सकारात्मक कुरा हो।

उनले एचआइभी एड्सलाई अन्य रोग सरह नै मानेर चेकजाँच गराउन सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए।  उता भेरी अस्पतालमा रहेको एआरटी युनिटबाट ५८८ जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन्।  अस्पतालको एनआरटी युनिटका अनुसार ती मध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य रहेका छन्।

एआरटी युनिटबाट नियमित औषधी सेवन गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना र सबैभन्दा कम जानकक १९ जना रहेको एआरटी काउन्सेलर इन्द्र सैनीले बताए।  नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरपालिकाले एचआइभी संक्रमित बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराइरहेको बताए।

  • २० कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech