१८ मंसिर २०८१, मंगलवार

जजक आरोपमा कोहलपुर स्थित एक विद्यालयका सञ्चालक प्रहरी नियन्त्रणमा

पिडित भनिएकी वालिकाले आफुलाई जवरजस्ति गरेको भनि प्रहरीकहाँ उजुरीपछि चन्द पक्राउ

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकावाट एक विद्यालयका सञ्चालकलाई जवरजस्ति करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कोहलपुर प्रहरीले जजक आरोपमा कोहलपुर नगरपालिका वडा नं. २ मा विद्यालय र कोहलपुर ११ मा कक्षा ११, १२ सञ्चालन गरिरहेको सेन्चुरी एजुकेशनल एकेडेमी  विद्यालयका सञ्चालक लोकेन्द्र चन्दलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

पिडित भनिएकी वालिकाले आफुलाई जवरजस्ति गरेको भनि प्रहरीकहाँ उजुरी गरेपछि चन्द पक्राउ परेको पुष्टि जिप्रका बाँकेले गरेको छ । पिडित वालिका आफनै विद्यालयकी छात्रा हुन या वाहिरकी वालिका हुन भन्ने कुरा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै प्रहरीले खुलाएको छैन । विद्यालय रहेको स्थानका स्थानियहरुले विद्यालयले दिपावलीका अवसरमा देउसि भैलो कार्यक्रम सञ्चालन गरेको र सोहि समयमा यो घटना घटेको हुन सक्ने भन्दै आफनै छात्रामाथी निज चन्दले अत्याचार गरेको हुन सक्ने आाकलन गरेका छन ।

  • २२ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech