बैजनाथ,बाँके: पाटेबाघको आक्रमणमा परी मृत्यु भएका व्यक्तीको परिवारलाई बैजनाथ स्थानीय सरकारले राहत उपलब्ध गराएको छ ।बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी मनिषा रोकायको केही महिना अघि मृत्यु भएको थियो । मृतक मनीषाका छोरा अवि रोकायको उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।
राहत स्वरूप उनलाई ३० हजार रुपैयाँ उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले नगद हस्तान्तरण गरेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष शाहीले उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यले राहत रकम प्रदान गरिएको बताएका छन।