राप्तिसोनारी: रुकुम जिल्लाको आस्थाको केन्द्र डिग्रे साईकुमारी देवीको स्मरण गर्दै उक्त ठाउँमा लाग्ने मेला जात्राको झल्को दिने गरि आजवाट राप्तिसोनारी २ टिकुलिपुरमा डिग्रे साईकुमारीको मेलाको शुभारम्भ गरिएको छ ।
आजकै मितिमा परापुर्व कालदेखि रुकुमको मुसिकोट नगरपालिकामा रहेको डिग्रे भगवतीको मन्दिर परिसरमा मेला लाग्दै आएको छ, तीन दिन सम्म चल्ने जात्रामा जिल्लाका अलावा बाहिरी जिल्लाबाट समेत यो मेला अवलोकन गर्न दर्शनार्थीहरु आउने गरेका छन ।
रुकुमवाट वसाई सराई गरि आएका रुकमेलीहरुको वाहुल्यता रहेको टिकुलीपुरमा रुकमेलीहरुको सक्रियतामा डिग्रे साई कमारी जात्राको आयोजना गरिदै आएको मेला आयोजक मोहन केसि दहालले न्युज मानसरोवरलाई वताए ।
मेलामा रुकमेली कला संस्कृती र पुराना तथा लोप हुन लागेका सिंगारु, गरुवा, लरे नाच, ठाडी भाका लगाएतका लोकयुक्ति गित संगित प्रस्तुत समेत हुने उक्त जात्राको राप्तिसोनारी गाउ पालिकाका अध्यक्ष तप्त पौडेलले आज विहिवार उदघाटन गरेसंगै मेला जात्रा शुरु भएको छ । जात्रा मंशिर १ गते चल्ने आयोजकले जनाएको छ । जात्रा उदघाटन सत्रमा विभिन्न झाँकी, कला संस्कृती, वाजागाजाका साथ नृत्य समेत प्रस्तुत गरिएको थियो ।
फोटो :भुवन थापा