बाँके\उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योगलाई सरकारले प्राथमिकता दिने बताएका छन। नेपालगञ्ज उप–महानगरपालिका –१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन।
त्यसै गरी प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिइ, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाइप तथा फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी गराए ।
कार्कीले भने , ‘अहिले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलीपाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेका छौं ।’ कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाइप तथा फिटिङहरु उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जानकारी गराए ।