६ मंसिर २०८१, बिहीबार

नौवस्ता औद्योगिक क्षेत्रमा सरकारको प्राथमिकता छ: मन्त्री भण्डारी
  • न्युज मानसराेवर

बाँके\नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।

बाँके आयोजित एक कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन ।

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको बताए । लगानी प्रवर्द्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताए ।

उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए । फरक प्रशङ्गमा मन्त्री भण्डारीले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरुसँग विमर्श गरिने जानकारी दिएका थिए ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech