६ मंसिर २०८१, बिहीबार

कोप–२९ को समर्थनमा नेपालगञ्जमा र्याली
  • न्युज मानसराेवर

नेपालगञ्ज : बढदै गरेको बिश्वब्यापी जलबायु प्रदुषणलाई मध्यनजर गरेर जलवायु वित्तका लागि जारी कोप – २९ को समर्थनमा आइतबार नेपालगञ्जमा र्याली  गरिएको छ ।

जलवायु संकटले विश्वका सबै देशमा समानरूपको र साझा चुनौती सिर्जना गरेको छैन । ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन् । जस्तै बाढी, खडेरी, गर्मी र शितलहर हाम्रा हिमश्रिखंला दिनदिनै पगलिँदै गएका छन् भने हिमताल फुटने लहरो छ । नेपाल जस्तो देशका लागि जलवायु संकटले प्रतिदिन नयाँ चुनौती थपदैछ । जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याउँदैछ । तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चाल्नुबाहेक अन्य कुनै उपाय रहेको छैन ।

युवा अभियानको आयोजनामा ‘ग्लोबल डे अफ एक्शन’का अवसरमा र्यालीसम्पन्न भएको हो । कार्यक्रममा मंगल प्रसाद नमुना माबि, नगरस्तरिय किशोरी संजाल नेपालगञ्ज, लुम्बिनी प्रदेश किशोरी संजाल र ‘वाईसीएएल नेटवर्क खजुरा’, शान्ति पुर्णस्थापना केन्द्र बाँके, तुलसी सामाजिक बिकास केन्द्र दाङ, सहयात्री नेपालको सहकार्यमा कार्यक्रम भएको छ । कार्यक्रममा मंगल प्रसाद नमुना माबिका नेपाल स्काउट, क्लिनिक क्ल्व, बाल क्लब, इको क्लव गरि १५० विद्यार्थीको सहभागितामा विद्यार्थीले विभिन्न पर्चा प्ले कार्डमा “तिम्रो हाम्रो घरको छैन पृथ्वी अर्को“ तिमी चढ्ने चिल्लो गाडी हामिलाई ऋृणको भारी“ जलवायुलाई न्याय दे“ जलवायु प्रदुषण गर्न पाईंदैन, ‘वी वान्ट क्लाइमेट जस्टिस’, लगायत शान्तिपूर्ण जुलुस लगाएर सडक र्याली प्रदर्शन गरेका थिए ।

आजको र्यालिको मुख्य र स्पस्ट माग जलबायु संरक्षण र जलबायु माथि हुने  जैविक ह्रासको न्यूनीकरण केन्द्रित रहने र विद्यार्थी बर्गले समाज र सिङ्गो जलवायु संरक्षणमा आजका दिनदेखि जलबायु हाम्रो हो र हामी बचाउँछौ भने दृढ संकलप लिनुपर्ने समेत उक्त कार्यक्रमका सहभागी चन्द्रलाल जैसिले वताए ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech