६ मंसिर २०८१, बिहीबार

ठाकुरबाबा ४ को निर्वाचनः कांग्रेसलाई अध्यक्ष र सदस्य गुमाउने डर
  • न्युज मानसराेवर

बर्दिया: लामो समय वडा अध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि छ पार्टीले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णु देवकोटा, माओवादीबाट शेरबहादुर थारु, राप्रपाबाट रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।

यसअघि भएको निर्वाचनमा कांग्रेसका सुर्य विष्ट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तर, उनी जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि वडाध्यक्ष खाली भएको थियो ।

कांग्रेसले उक्त वडामा एकपछि अर्को राजनीतिक गल्ती दोहोर्याउँदै गएको स्थानीय मतदाताको गुनासो छ । सुर्य विष्टलाई जिल्ला समन्वय समितिको संयोजक नै बनाउनु थियो भने अर्को कोही नेतालाई वडाध्यक्षमा उम्मेदवारी दिनुपर्ने आवाज त्यही बेला उठेको थियो ।

यस पल्ट फेरि कांग्रेसले अर्को गल्ती दोहोरयाएको छ । वडा सदस्यमा निवार्चति सदस्य अमिन थारुलाई राजीनामा दिन लगाएर वडाध्यक्षको उम्मेदवार बनाएको छ । मंसिर १६ मा हुने निर्वाचनमा कांग्रेस पराजित हुने हो भने अमिन थारुको दोहोरो भूमिकामा प्रश्न चिन्ह लाग्ने छ ।
उक्त वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन् ।

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech