कोहलपुर,बाँके:केहि युटुवेहरुलाई पछि लगाएर त्रिभुवन माविको घटनालाई अतिरंजित गराउदै मिलिसकेको निजि कुरालाई लिएर आन्दोलनको नाम दिएर त्रिभुवन मावि क्षेत्रमा उग्र अभिब्यक्ति दिने बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु सभापति समेत रहेका देवेन्द्र बुढा सहित ५ जना पक्राउ परेका छन् ।
त्रिभुवन मावि कोहलपुरका शिक्षक राम बहादुर थारुलाई कथित कारबाहीको माग गर्दै आन्दोलन गर्ने क्रममा देवेन्द्र बुढा, प्रशान्त बाबु गुप्त, राजेन्द्र राज सिग्देल, सार्जु पाण्डे र विमलराज श्रेष्ठ पक्राउ परेका हुन् ।
केही समय यता शिक्षक राम बहादुर थारुले आफ्नै विद्यार्थीलाई सामाजिक सञ्जाल मार्फत म्यासेज गरेको विषयलाई लिएर स्ववियु सभापति देवेन्द्र बुढाको नेतृत्वमा आन्दोलन हुदै आएकोमा सोमवार स साना वालवालिकाहरुलाई रोडमा निकालेर आन्दोलनको स्वरुप फेरेपछि उनीहरु पक्राउ परेका हुन ।
पिडित भनिएका वालिकाहरुले निवेदन दिएको र उनीहरुको निवेदन अनुसार दोषि पक्राउ गर्न भन्दै कोहलपुर प्रहरीले पक्राउ पुर्जिकालागि सम्मानित अदालत पुग्दा अदालतले मुद्धाको प्रकृति अनुसार पक्राउ पुर्जि दिन अस्विकार गरेपछि कमजोर वनेको त्रिभुवन माविको मुद्धा सडक आन्दोलनमा पुगेको विद्यार्थी नेताहरुले दावि गरेपनि अवोध वालवालिकाहरुलाई सडकमा उतारेको भन्दै चौतर्फि आलोचना हुदै आएको छ । आन्दोलनको नाममा कुनै अप्रिय घटना घटे सोको जवाफ विद्यार्थी नेताहरुले लिनुपर्ने भन्दै सामाजिक सञ्जालमा समेत अभिभावकहरुले आक्रोश पोखेका छन ।
त्रिभुवन माविको घटना पुरानो भएको र गल्ति गर्ने शिक्षकलाई विद्यालय परिसरमै विद्यार्थी नेताहरुमाझ उठवस गराई केश सल्टिसकेको अवस्थामा निज शिक्षकको तेजोवध गर्नेगरि भिडियो वाहिरीएको र सोहि विद्यालयका शिक्षक/ शिक्षक विचको जुँगाको लडाईमा पिडित भनिएकी वालिकालाई ढाल वनाईएको घटनालाई नजिकवाट नियालिरहेका त्रिभुवन माविका एक शिक्षकले आफनो नाम नवताउने शर्तमा न्युज मानसरोवरसंग कुराकानिका क्रममा भनेका छन ।
पिडित भनिएकी वालिकालाई आन्दोलनरत पक्षले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न सकेको छैन भने आन्दोलनमा होमिएकाहरुले केहि युटुवे वाहेक कोहलपुरमा रहेर मिडियामा काम गर्ने पत्रकारहरुलाई समाचार नवनाएको भन्दै रोश प्रकट गर्दै आएका छन यता कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकारहरुले पिडित भनिएकी वालिकाले टेलिफोनमा भएपनि आफनो वास्तविकता भने मात्र समाचारको विषय बन्ने जिकिर गर्दै आएका छन ।
कोहलपुर क्षेत्रका केहि शैक्षिक अभियान्ताले भने चौधरी गणितको अव्वल शिक्षक रहेको र उनीसंग ट्युसन पढने विद्यार्थीहरुको लर्को लाग्न थालेपछि अर्का गणित शिक्षकले यो सव भ्रम र अफवाह मच्चाई विद्यालय शान्ति क्षेत्रलाई तहस नहस पारेको आरोप लगाएका छन । उनले ती म्यासेज समेत कस्ले गरेको हो ? सत्य तथ्य अनुसन्धान गरिनुपर्ने, फेक आईडिवाट चौधरीको तेजोवध गर्ने तिगडम मच्चाईएको हो कि ! विधि विज्ञान अनुसार अनुसन्धान गरे सवै पत्ता लाग्ने भन्दै सामान्य केशलाई राजनितिकीकरण गरेर जिल्लाकै नमुना विद्यालयको वदनाम गर्न गरिएको प्रपञ्च हुन सक्ने समेत उनले शंका ब्यक्त गरेका छन ।