९ मंसिर २०८१, आईतवार

बाँकेमा १४ हजार क्विन्टल धान खरिद
  • न्युज मानसराेवर

बाँके\खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १४ हजार क्विन्टल धान खरिद गरेको छ । गत कात्तिक २० गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १२ हजार ५०० क्विन्टल मध्यम र एक हजार ५०० क्विन्टल मोटो धान गरेर १४ हजार क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी गराए ।

प्रमुख लामिछानेका अनुसार गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद शुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

धान बिक्रीका लागि ठुलो सङ्ख्यामा जिल्लाका किसानले यस वर्ष कार्यालयमा नाम दर्ता गराएकोले निर्धारित कोटा पूरा हुने जनाउँदै उहाँले त्योभन्दा पनि बढी धान विक्रीका लागि आएमा कोटा समेत थप गर्न सकिने उल्लेख गरेका छन।

कम्पनीको गोदाम नजिक चार वटा काँटा लगाएर किसानले ल्याएका धान बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म खरिद गर्ने कार्य भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

‘हालसम्म धान बिक्री गर्नका लागि जिल्लाका ५७२ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरेका छन। बैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाका  जानकी, नेपालगन्ज, बैजनाथ र डुडुवाबाट पनि किसानहरुले नाम दर्ता गराएका छन।

  • ९ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech