बाँके\सरकारले सुनको भन्सार दर घटाएको छ।
मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो। निर्णयको पत्र भन्सार विभाग पुगेपछि यो लागु हुनेछ। भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको बताइएको छ।
यसैगरी चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ।