११ मंसिर २०८१, मंगलवार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार लैङ्गिक हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउन आधारभूत वर्गका नागरिकको बिचमा पुगेर जनचेतना अभिवृद्धि गर्न उनले आह्वान गरे । सबै प्रकारका हिंसाविरुद्ध अभियान चलाउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

अभियानको क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रमहरू गरिँदै छन् । लुम्बिनी प्रदेशमा बालविवाह, केही हानिकारक सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताका कारणले पनि हिंसा बढेको देखिए पनि हिंसा न्यूनीकरणका लागि साझा प्रयासहरू थालिएको जनाइएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

  • ११ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech