१५ मंसिर २०८१, शनिबार

अर्घाखाँचीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गयो, एक जना घाइते
  • न्युज मानसराेवर

अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ । एक जना  घाइते भएकी छन् ।हिजो शुक्रवार बेलुका गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत नरपानीको धारा बजारमा लु २ ख १४१५ नम्बरको बसको ठक्करबाट शितगंगा ४ अमराई बस्ने १२ वर्षकी विनिता बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभएको छ ।

बसको ठक्करबाट घाइते भएकी शितगंगा ४ अमराईकी  १० वर्षकी एलिना बिकको अर्घाखाँचीमा अस्पतालमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लको भनाइ छ । बस चालक र बसधनीलाई प्रहरीले पक्राउ गरेको छ ।

  • १५ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech