कोहलपुर\शिक्षा तथा मावन श्रोत विभागको प्रथम पूर्ण बैठक कोहलपुरमा सम्पन्न गरिएको छ । नेकपा एमाले जिल्ला सदस्य तथा शिक्षा तथा मावन श्रोत विभागका प्रमुख सुर्य रोकायाको अध्यक्षमा बसेको पूर्ण बैठकमा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज शान्ति ढकालले शिक्षा तथा मावन श्रोत विभागको महत्व तथा यस विभागले गर्ने गतिविधिले नेकपा एमाले पार्टीलाई बजबुद्ध बनाउने दावि गरिन।
ढकालले अहिले पार्टीमा भइरहेको घेराबन्दीको अत्य गर्न तथा समाजमा गलत कुराहरुको सतही विचार गरेरे मात्र आफ्नो धारणा बनाउनु पर्ने बताईन। त्यसै गरी कार्यक्रममा पार्टी जिल्ला सचिव बलराम भट्राइले एमालेको बढ्दो लोकप्रियतालाई क्षयकरण गर्नाका निम्ति अहिले सामाजिक सञ्जाल प्रयोग भइरहेको बताए ।
पूर्ण बैठकले यस्ता अराजक गतिविधिलाई समाजबाट फस्ट्याउन आवश्यक रहेको बताए ।सचिव भट्राईले शिक्षा क्षेत्रका समस्याहरु प्राज्ञिक व्यक्तिहरुका ज्ञानहरुका बारेमा यस विभागले समाज रुपान्तरण गर्नाका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन।
कार्यक्रममा जिल्ला उप सचिव निर्मला सुनार बाँके क्षेत्र नं.१ (ख) का संयोजक केशब शाहीले पार्टीका गतिविधि,आधारभूत मुल्य मान्यतालाई विभागका सबै सदस्यहरुले पालना गर्ने धारणा राखेका थिए । शिक्षा तथा मावन श्रोत विभागले आगामी पुष १५ गते बाँकेका संस्थापक कम्युनिस्ट सम्मान तथा तिन पुस्ता अन्तरक्रिया गर्ने तयारी रहेको विभागका प्रमुख सुर्य रोकायाले जानकारी गराए ।