बाँके\नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार उपाधि विजेताले १ करोड एक लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
त्यस्तै, दोस्रो हुने टोलीलाई ५० लाख रुपैयाँ दिने भएको हो । तेस्रो र चौथो टोलीले क्रमशः ३० लाख र २० लाख रुपैयाँ पाउनेछन् ।