दैलेख: दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित हुनुभएको छ । तीन हजार एक सय २७ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत पाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष शाही २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष पद जित्नुभएको थियो ।
२०७८ सालमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको थियो । स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी यो पदमा उम्मेदवार बन्नुभएको थियो । उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा काँशीकाँध गाविसको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।
निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गर्नुभएको छ । निर्वाचित भण्डारी वि.सं.२०७९ को चुनावमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित हुनुभएको थियो ।