५ बैशाख २०८२, शुक्रबार

पच्चीस हजार घुससहित ट्राफिक प्रहरीका सई पक्राउ

जिल्ला भित्र यातायात सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट घुस रकम लिईसकेको अवस्थामा नियन्त्रणमा

  • न्युज मानसराेवर

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित पक्राउ परेका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकी घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले बुढाथोकीलाई आज विहान २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

जिल्ला भित्र यातायात सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट घुस रकम लिईसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकारी झलक केसीले जानकारी दिए ।

  • १७ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech