बाँके: राप्ती सोनारी गाउँपालिका वडा नं.८ मा निशुल्क प्राथकिक कान उपचार शिविर सम्पन्न गरिएको छ ।राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा बाँकेको आयोजनामा उक्त निशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको हो । कान शिविर आधारभूत स्वास्थ्य केन्द्र पेरानी बाँकेमा सञ्चालन गरिएको थियो ।
उक्त कान शिविरमा कूल १सय १८ जनाले सेवा लिएको आधारभूत स्वास्थ्य केन्द्र पेरानीका अहेब केशब चन्द्रले जानकारी गराएका छन।उनीहरु ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा बाँकेका बरिष्ठ कान शायक चिकित्सक तथा आउटरिच ईन्चाज भिषण कुमार थारुले शिविर राप्ती सोनारी गाउँपालिकाका सबै वडाहरुमा निशुल्क चेकजाज तथा औषधी समेत उपलब्ध गराईने जानकारी गराएका छन।
उक्त शिविरमा वरिष्ठ कान सायक चिकित्सक सिता चौधरी र भिषण कुमार थारुले कान चेकजाच गरेका छन। शिविर आएका कानूका विरामीहरुलाई थप उपचार तथा कानको सल्यक्रिया गर्नु परेका ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा बाँकेले १० प्रतिशत छुट प्रदान समेत गर्ने बताएको छ।
शिविरमा महिला ७८ र पुरुष ४० जना रहेको आधारभूत स्वास्थ्य केन्द्र पेरानी बाँकेकी अनमी बेन्जु परियारले जानकारी गराईन। शिविर २५ गते सम्म सञ्चालन गरिने ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा बाँकेका बरिष्ठ कान शायक चिकित्सक तथा आउटरिच ईन्चाज भिषण कुमार थारुले बताएका छन।