कोहलपुर| नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजनामा पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी गराएको हो ।
नेपाल आदीबासी जनजाति महासंघ कोहलपुर नगरका अध्यक्ष कृष्ण बहादुर पुनले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हुँदा भव्य सभ्य रुपमा सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन् ।
६४ जना स्थानिय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राख्ने छन् भने जसमा अन्तराष्ट्रिय रसियन कलाकारहरुको समेत प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक प्रेम बहादुर गुरुङ्गले जानकारी दिए ।