बाँके\गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने एक व्यक्ति पक्राउ परेका छन् । गृहमन्त्री रमेश लेखकको पीए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।