बाँके\नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याएर यहाँको विद्युत समस्या समाधान गर्ने पहल गरिएको बताएका छन।
क्रियटिभ ह्यान्ड्सले नेपाल युवा उद्यमी मञ्ज चेपालगन्ज च्याप्टरसँगको सहकार्यमा बिहीबार नेपालगन्जमा आयोजना गरेको ‘नेपालगन्ज कन्क्लेभ’को ‘देशले गर्छ विद्युत निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा सङ्कट’ विषयक सत्रमा घिसिङले प्राधिकरण नेपालगन्जको विद्युत समस्याका बारेमा गम्भीर भएको भन्दै दीर्घकालीन समाधानका लागि पहल गरिरहेको उल्लेख गरेका छन।
ई दिनसम्म चल्ने यस पटकको कन्क्लेभमा शिक्षा, राजनीति, साहित्य, जलवायु, ऊर्जा, पर्यटन, अर्थ र खेलकुद गरी आठवटा विषयमा विषयगत विज्ञसँग प्यानल छलफल हुने आयोजकले जनाएको छ । नेपालगन्जलाई राष्ट्रिय तथा स्थानीय मुद्दाको विमर्श गर्ने थलोका रूपमा विकास गर्ने सोचले २०७३ सालदेखि निरन्तर यस प्रकारका डिस्कोर्स शृङ्खला सुरु गरिएको र यो चौथो संस्करण भएको आयोजकको भनाइ छ ।