कोहलपुर,बाँके:नेकपा बहुमतले २०८१ मंसिर ११ गते राष्ट्र बैंकले कर्णाली बिकास बैंकको नाममा जारी गरेको सुचना र त्यस पछि मंसिर १३ गते कर्णाली विकास बैंकले निकालेको प्रेस विज्ञप्ति प्रती आफनो पार्टिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ५ नम्वर ब्युरो संगठन समितिका ईन्चार्ज तिलक र ६ नम्वर ब्युरो संगठन समितिका ईन्चाज संगमद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा राष्ट्र बैंकको सुचना र कर्णाली बिकास बैंकको विज्ञप्तिको सन्दर्भमा पार्टीको आधिकारीक धारणा राख्न यो ज्ञापन पत्र पेश गर्दछौं भनिएको छ ।
ज्ञापन पत्रमा मुलतः मुलुकलाई यति बेला वित्तीय आतंकले आक्रान्त तुल्याएको छ। वित्तीय आतंकको आक्रमणले नछोएको कुनै घर परिवार छैन,यसरी जनमारा तथा जनपिराह आर्थिक आतंकको एक मात्र कारण दलाल संसदीय व्यवस्था हो भन्ने हाम्रो स्पष्ट ठम्याइ रहि आएको छ। त्यसैले हाम्रो पार्टिले दलाल संसदिय व्यवस्थाको निस्सासिदो भुमरीबाट जनतालाइ मुक्ति दिलाउन वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा सहित अनवरत संघर्षको मैदानमा डटिरहेको छ ।
यसै सिलसिलामा पटक पटक विभिन्न संचार माध्यमले तथ्य प्रमाण सहित समाचार प्रकाशित गरि सक्दा पनि राष्ट्र बैंकले कर्णाली बिकास वैंक प्रति मौनता साधेर देखाएको माया मोहको पनि हाम्रो पार्टी खेद प्रकट गर्दछ भन्दै जनताको निक्षेप जोखिम हुनुमा मुठी भरका माफियाको जति हात छ त्यसलाइ अनदेखा गर्ने बैंकको बैंक राष्ट्र बैंकको पनि कम हात छैन भन्ने हाम्रो बुझाइ छ ज्ञापन पत्रमा अगाडि भनिएको छ ।
नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखा मार्फत केन्द्रिय कार्यालय वालुवाटारमा बुझाईएको ज्ञापन पत्रमा ६ वटा माग दावि सहित निमायक निकाय कानमा तेल हालेर बस्ने र दलाल तस्करहरुले जनताको खुन पसिना बगाएर पाइपाइ जम्मा गरेको रकममा रजाइँ गर्दै रासलिला मच्चाउने कुरा हाम्रो पार्टिको लागि किमार्थ स्विकार्य र शह्य हुदैन भनिएको छ । जनताको निक्षेप सुरक्षित गर्न र बाफिया भित्र घुसेका माफियालाइ कार्वाही गर्न तपशिलको माग सहित यो ज्ञापनपत्र पेश गर्दछौं नेकपा वहुमतले आफना माग सहितको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
मागहरु
१. कर्णाली विकास बैंकलाई संकटउन्मुख होइन तत्काल संकटग्रस्त घोषणा गरि राष्ट्र बैंक को प्रत्येक्ष निगरानी मा जनताको निक्षेप सुरक्षीत गर्नु पर्ने ।
२. कर्णाली बिकास बैंकलाई बर्बाद पार्ने गिरोहलाइ कार्वाहिको दायरामा ल्याउनु पर्ने ।
३. राष्ट्र बैंकको तर्फबाट सुपरिवेक्षणमा गएर कर्णाली बिकास बैंकका काला कर्तुतमा पर्दा हाल्ने कर्मचारीलाई कार्वाही गर्नु पर्ने।
४. जनताको निक्षेपको ग्यारेन्टी गर्नुका साथै जनतालाइ आफ्नो निक्षेप फिर्ता पाउन राष्ट्र बैंकले निश्चित समय दिएर आव्हान गर्नु पर्ने ।
५.कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक तथा पुर्व संचालक , शेयरधनी, भ्यालुएटर लगायतकाको बैंक खाता , सम्पत्ति रोक्का र विदेश जान अविलम्ब रोक्नु पर्ने ।
६. जोखिमपुर्ण अवस्थामा भएको बैंकको शेयर मुल्य अधिक देखाइ किर्ते गरि सर्वसाधारण ठग्ने धितो बोर्डका संलग्न कर्मचारिलाइ कार्वाहिको दायरामा ल्याउनुपर्ने ।
उल्लेखित मागहरुलाई यथासिघ्र कार्यान्वयन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं। यदि वेवास्ता गरिए हाम्रो पार्टी पिडित जनताकाे पक्षमा उभिएर संघर्षमा उत्रिन बाध्य हुनेछौ, नेकपा वहुमतले ज्ञापन पत्रको अन्तिममा लेखेको छ ।