२८ चैत्र २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा खेलकुद मन्त्री विहिन
  • न्युज मानसराेवर

बाँके\लुम्बिनीमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनाउँदा सहयोग गरेका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमध्ये एकलाई दिने भनिएको युवा तथा खेलकुद मन्त्रालय चार महिनादेखि खाली रहेको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने प्रयास गरेर तेस्रो पटक सरकार विस्तार गरे पनि सरकारलाई समर्थन गरेका मध्येबाट लोसपा र नाउपामध्ये कसलाई पहिला मन्त्री बनाउने भन्ने कांग्रेस–एमालेबीच टुंगो लाग्न नसक्दा मन्त्री चयन हुन नसकेको हो । खाली रहेको खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले आफैं सम्हालेका छन् ।

  • २३ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech