२७ चैत्र २०८१, बिहीबार

प्याब्सन नगर स्तरीय खेलकूद प्रतियोगिता सञ्चालन गर्दै
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा दोस्रो प्याब्सन नगर स्तरीय खेलकूल प्रतियोगिता सञ्चालन गरिएको भएको छ ।
कोहलपुर नगर प्याब्सन अध्यक्ष रमेश केसीको अध्यक्षतामा बसेको बैठकले दोस्रो प्याब्सन नगर स्तरीय खेलकूल प्रतियोगिता २०८१ संचालन गर्ने निर्णय गरेको हो ।खेल माघ ११, १२ र १३ गते तिन दिन सम्म सञ्चालन गरिने नगर प्याब्सन सचिव मित्रलाल वलीले जानकारी गराए ।उक्त खेलमा कोहलपुरमा करिब २७ वटा विद्यालयको सहभागिता हुने बताइएको छ ।

नगर स्तरीय खेलकूल प्रतियोगिता निजी विद्यालयहरुले एउटा पर्व र उत्सवका रुपमा मनाउने शैक्षिक अभियान रहेको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताएका छन। दोस्रो प्याब्सन नगर स्तरीय खेलकूल प्रतियोगितामा दुई समुहमा खेल विभाजन गरिएको छ । माध्यामिक तहमा एथ्लेटिक्स तर्फ ३ हजार दौड छात्र ,छात्रा , भलिबल छात्र ,छात्रा रहेको छ।आधारभूत तर्फ कक्षा ७ र ८ का निम्ति १०० मिटर दौड , ४ सय मिटर रेले दौड , २ सय मिटर दौड रहेका छन त्यसै गरी कक्षा ५ र ६ तर्फ १०० मिटर दौड ,४ सय मिटर रेले दौड , २ सय मिटर दौड रहेका छन । त्यसै गरी कक्षा ३ र ४ निम्ति १०० मिटर दौड बोरा दौड, र कक्षा १ देखी ८ सम्म मार्सलआर्ट तौलका आधारमा खेलाईने बताइएको छ । सबै खेलहरुमा छात्र , छात्राको सहभागिता सुनिश्चित गरिएको नगर सचिव मित्रलाल वलीले जानकारी गराएका छन। त्यसै गरी सबै खेलहरुमा उमेरमा आधारमा खेलमा सहभागिता जनाउन पाउने भएका छन।

  • २३ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech