कोहलपुर,बाँके: काठमाडौँबाट धनगढी जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका -८ मगुवामा दुर्घटना परेको छ। सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस सोमबार सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा २४ जना सवार बस रुखमा ठोक्किएको हो।
दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्। उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि बसका चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।