बाँके\कुनै पनि व्यवसाय गरेर मन लगाएर काम गर्ने हो भने सानो व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा बाँके बैजनाथका अङ्कित पुनले प्रमाणित गरेका छन।
उनले नास्ता पसल गरेर सोही पसलबाट मासिक डेढ लाखसम्म आम्दानी गरिरहनु भएको छभन्दा धेरैले आश्चर्य मान्छन् । पुनले नास्ता बेचेर डेढ लाख रुपियाँ आम्दानी गरिरहेका छन । बाँकेको बैजनाथ –६, बनकटवाका ४३ वर्षीय अङ्कित पुनको दैनिकी आजभोलि नास्ता पसलमै बित्ने गरेको छ । स्थानीय सम्झना बजारमा उहाँले सञ्चालन गरिरहेको पसलको नाम हो, आरप्लस ए नास्ता पसल ।
नास्ता पसलबाट मासिक रूपमा सरदर डेढ लाख रुपियाँ बराबर आम्दानी हुने गरेको अङ्कितले भनेका छन। पसलबाट भएको आम्दानीबाट गाउँमा राम्रो पक्की घर बनाउने उनको योजना छ । ‘पसल ठिक चलिरहेको छ, पसलको आम्दानीबाट गाउँमा पक्की घर बनाउने योजना छ’ अङ्कितले भनेका छन।
करिब १५ वर्षपछि २०८० सालमा उनले पारिवारिक पुनर्मिलन भयो । स्थानीय सम्झना बजारमा उनले नास्ता पसल खोले। नास्ता पसलमा अचेल ग्राहकको भिड नै लाग्छ । नास्ता पसल नै अहिले परिवारको खर्च धान्ने आधार बनेको छ ।
आफ्नै कमाइबाट नेपालगन्जको राँझा र बैजनाथको सम्झना बजारमा उहाँले दुई वटा घडेरी पनि खरिद गरेका छन। आफ्नै गाउँमा बसेर व्यवसाय गर्न सकेको छु र आत्मनिर्भर बन्न पाएकोमा खुसी छु’ अङ्कितले उल्लेख गरे ।