२८ चैत्र २०८१, शुक्रबार

नेपाल पत्रकार महासङ्घको निर्वाचन आज
  • न्युज मानसराेवर

काठमाडौँ: नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

  • २८ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech