३० मंसिर २०८१, आईतवार

त्रिविमा एकैपटक ८ डीन नियुक्त
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: त्रिभुवन विश्वविद्यालय  (त्रिवि)मा एकैपटक ८ जना डीन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।

त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन।त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डाक्टर ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशिल बहादुर ब्रर्जाचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डीन नियुक्त भएका हुन् ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा। लंक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा. राजेन्द्र कुँवर र व्यवहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारीलाई नियुक्त गरेको छ।मेरिटोक्रेसीका आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा डीन नियुक्त गरिएको प्रवक्ता बोहराको भनाई छ।

यही मंसिर २७ गते बसेको त्रिविको साधारण सभा  (सिनेट) बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए। ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका थिए।

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech