बाँके\बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ । गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका १५ वटामध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएका थिए । तीनमध्ये दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु गरिएको हो ।