७ पुष २०८१, आईतवार

पहिलो संस्करणको एनपीएल सम्पन्न : कसले कति पुरस्कार पाए ?
  • न्युज मानसराेवर

काठमाण्डौ: गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । हिजो जनकपुर बोल्ट्स् र सुदूरपश्चिम रोयल्सको फाइनल खेल समापनसँगै एनपीएल सकिएको हो ।

उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पायो । यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा पाएको छ । तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पाएको छ ।

एनपीएलको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ऐरीले ६२ लाख मूल्य बराबरको ओमोडाको ई–५ ईभी कार पाएका छन् ।

यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।  एनपीएलको प्लेयर अफ दी सिरिज सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए । उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।  यस्तै इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

  • ७ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech