७ पुष २०८१, आईतवार

नेपाली सीमामा भारतीय स्काभेटर, दार्चुलामा तनाव
  • न्युज मानसराेवर

काठमाडौं : दार्चुलास्थित नेपाल-भारत सीमामा तनाव सिर्जना भएको छ। भारतीय स्काभेटर नेपाली सीमा क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका हुन्। भारतले महाकाली नदीको धर परिवर्तन गर्न खोजेको आशंकामा विरोध जनाएका हुन्। घटनास्थलमा उपस्थित स्थानीयले स्काभेटर चालकलाई कारबाहीको माग गरेका छन्। प्रहरीले स्काइभेटर चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार भारतले आफ्नो सीमा क्षेत्रमा तटबन्ध गरिरहेको छ। स्काभेटर बिग्रिएपछि चालक नेपालपट्टी मर्मत गर्न आएको र स्थानीयहरुले विरोध गरेको थापाले  बताए।

उनले भने, ‘भारततर्फ तटबन्ध निर्माण भइरहेको छ। स्काभेटर बिग्रिएपछि चालकने सजिलो ठाउँ खोज्दै नेपालतर्फ ल्याएको रहेछ। स्थानीयले विरोध गरे। अरू केही होइन। सबै सामान्य छ। हामीले भारतसँग समन्वय गरिरहेका छौँ।’

अहिले अवस्था सामान्य बनेको र भारतको धार्चुला प्रशासनसँग कुरा भइरहेको उनले बताए। स्थानीयहरुले भने भारतले पटक-पटक नेपालमाथि दादागिरी शैली देखाएको भन्दै विरोध गरेका छन्। भारतको दादागिरीविरुद्ध स्थानीय प्रशासन र केन्द्र सरकार मौन रहेको उनीहरुको आरोप छ। दार्चुलामा यसअघि पनि भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउनेगरी तटबन्ध निर्माण गरेको भन्दै विरोध भएको थियो।

  • ७ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech