८ पुष २०८१, सोमबार

घट्यो काठमाडौँको न्यूनतम तापक्रम, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
  • न्युज मानसराेवर

काठमाडौँ:काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ। यस क्रममा आज ९सोमबार० बिहान ५:४५ बजे मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ, त्यसबेला थप घट्ने सम्भावना हुन्छ। मौसमविद् प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। यसको अर्थ दिउँसो घाम लाग्नेछ।

न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ। यही पुस ३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा उक्लिएको थियो।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।साथै तराई लगायत पहाडी भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

  • ८ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech