२७ जेष्ठ २०८२, सोमबार

जमिनमुनिबाट सुन निकाल्छु भन्दै ठग्ने पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँकेमा जमिनमुनिबाट सुन निकालिदिन्छु भनी करोडौं ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश बलरामपुर सिहपुरी निवासी ४२ वर्षीय सदाबुद्धिन हल्वाईलाई बाँके प्रहरीले पक्राउ गरेका हो ।

नेपालगन्ज उपमहानगरपालिका–१९ मोहनपुर इँटाभट्टा नजिकका नसिर अहमद बेहनालाई इँटाभट्टामा रहेको जमिनमुनि सुन रहेको र उक्त सुन निकालिदिने भन्दै सदाबुद्धिनले पटक–पटक गरी २ करोड रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हलवाईलाई नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरी अदालतबाट म्याद थप गरी मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनीसँग प्रहरीले तीनवटा माटोको घैंटो, तीन वटा पित्तलको घैंटो, गणेशको मुर्ति, विभिन्न प्रकारका पत्थर, धातुबाट बनेका तीन वटा डिब्बा, लेदरको कालो रंगको झोलाभित्र ताबिजसहितको डिब्बा, उर्दु अक्षरमा लेखिएको किताबसमेत बरामद गरिएको छ ।

भारतीय नम्बरको यूपी३२पी ६११० नम्बरको अलटक १० सिलभरको कार एक थान र नेपाली, भारतीय बैंकका चेकसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

  • ९ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech