२८ चैत्र २०८१, शुक्रबार

अमला बिक्री गरेर आम्दानी गर्दै दाङका सामुदायिक वन
  • न्युज मानसराेवर

दाङ : अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएको छ । सामुदायिक वनमा आफैं उम्रिएका र वृक्षारोपन गरिएका रुखहरुमा फलेका अमलाका फल बिक्री हुन थालेपछि सामुदायिक वनले वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

देउखुरीको राजपुर गाउँपालिका–३ खरदरियामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष करिव एक लाख रुपैयाँको अमलाको फल ठेक्कामा बिक्री गरेको वन समूहका अध्यक्ष लीला यादवले बताए । वन समूहका अध्यक्ष यादवका अनुसार गत वर्ष वन समूहले ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । अमलाका फल बिक्री गरेर वन समूहले आम्दानीसँगै वन संरक्षणको काममा लगाउने गरेको बताए ।

गत वर्षको तुलनामा यसवर्ष वनमा राम्रो फल लागेपछि दोव्वर आम्दानी भएको वन समूहका अध्यक्ष यादवले बताए । वन समूहले खाली जग्गामा रोपेका अमलाका रुखहरुमा फल लाग्न थालेपछि बर्षेनी आम्दानी पनि बढ्दै गएको भन्दै वन समूहका अध्यक्ष यादवले भने, “पहिले थोरै बोट थिए,पैसा पनि खास्सै हुँदैन थियो तर अमलाका फलहरु बिक्न थालेपछि बिरुवा बर्सेनी बढाउँदै गएका छौं ।“

वन समुहको करिव २५ हेक्टर क्षेत्रफलमा साना ठूला गरेर करिव दुई हजार पाँच सय बढी रुखहरु रहेका छन् । केही बर्षअघिसम्म खाली रहेको जमिनमा वन समूहले वृक्षारोपन गरेर पछिल्लो समय अमला उत्पादनमा जोड दिएको उनले बताए । उनका अनुसार काठजन्य विरुवासँगै जटिवुटी र फलफूलका बिरुवा रोपेर वन समुहलाई आम्दानीसँग जोड्ने काम गरेको छ ।

जनकल्याण सामुदायिक वन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वन समूहहरुले पनि अमललगायतका फलहरु बिक्री गरेर आम्दानी गर्दै आएका छन् ।  जनकल्याणन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वनहरुले पनि अमलालगायतका जटिवुटी तथा फलपूmलका विरुवा रोपेर आम्दानी गर्दै आएको सव डिभिजन कार्यालय बेलाका कर्मचारी विश्वजंग विकले बताए । अमलाको फललाई आयुर्वेदिक औषधि बनाउने उद्योगलाई प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गर्ने व्यवसायी बताउँछन् ।

  • ९ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech